समाचार

फुटबल खेलाउन दुई नेपाली महिला रेफ्री डेनमार्कतर्फ

रेफ्री लक्ष्मी श्रेष्ठ र मेरिना धिमाल डेनमार्कमा हुने फुटबल प्रतियोगिता खेलाउन त्यसतर्फ गएका छन्।

डेनमार्कमा सोमबारदेखि सुरु हुने प्रतियोगिताका लागि आयोजकले लक्ष्मी र मेरिनालाई छनोट गरेका थिए।


प्रतियोगिता खेलाउन जानुअघि लक्ष्मीले सबैलाई धन्यवाद दिएकी छिन्।

दुवैले डेनमार्कमा आयोजना हुने डाना कप २०२२ रेफ्रीको काम गर्ने छन्। यो प्रतियोगिता युवा फुटबल प्रतियोगिता हो।